सिनेमा हल र १० करोड भन्दा माथिको कारोबार गर्नेलाई विद्युतीय बिजक अनिवार्य


काठमाडौं । सरकारले १० करोड रुपैयाँ भन्दा बढीको वस्तु तथा सेवाको कारोबार गर्ने करदातालाई अनिवार्य विद्युतीय बिजक जारी गर्नुपर्ने करदाताको रुपमा थप गरेको छ ।

मूल्य अभिवृद्धि कर वा आयकरमध्ये कुनै एकमा आव २०७७/७८ वा २०७८/७९ मा १० करोड रुपैयाँ भन्दा माथिको कारोबार गरेका करदाताले यस्तो नियम मान्नु पर्ने भएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार यो नियम आगामी आर्थिक वर्ष २०७९/८० बाट लागु हुने छ । कारोबारको प्रकृति अनुसार उपभोक्ता/ग्राहलाई प्रत्यक्ष रुपमा बिजक जारी नगर्ने बैंक/वित्तीय संस्थाको हकमा भने यस्तो प्रावधान लागू हुने छैन ।

बक्स अफिस प्रणालीमा आवद्ध भएका देशभरका सिनेमा हलले समेत अब अनिवार्य रुपमा विद्युतीय बिजक जारी गर्नुपर्ने भएको छ । यसअघि काठमाडौं उपत्यका भित्रका सिनेमा हलले मात्र विद्युतीय बिजक जारी गर्नुपर्ने प्रावधान थियो ।

वार्षिक ५ करोड भन्दा बढीको कारोबार गर्ने होटल, रेष्टुरेन्ट तथा चमेना गृह र इन्टरनेट सेवा प्रदायकलाई भने सरकारले यसअघि नै विद्युतीय बिजकको प्रणालीमा समेटिसकेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार तोकिएको कारोबारबाहेक अन्य करदाताले अनुमति लिएर स्वेच्छिक रुपमा बिजक जारी गर्न सक्ने भएका छन् । यसअघि नै अनुमति लिएर कारोबार गरिरहेका करदाताले भने अब पुनः अनुमति लिइरहनु पर्दैन ।

(यो समाचार  अनलाइन खबर २५ जेठ २०७९ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links