पूँजीगत लाभकर अल्पकालीन र दिर्घकालीन लगानीकर्ताका लागि फरक


काठमाडौं । आगामी आर्थिक वर्षदेखि शेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरुले अल्पकालीन र दिर्घकालीन लगानीबाट प्राप्त प्रतिफलका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने भएको छ । 

यसअघि संस्थागत लगानीकर्ताहरुले १० प्रतिशत र सर्वसाधारण लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । आगामी आर्थिक वर्षको बजेटमा सरकारले सर्वसाधारण लगानीकर्ताहरुलाई अल्कालीन र दिर्घकालीन लगानीकर्ताको रुपमा छुट्याएको छ । 

सरकारले जारी गरेको आर्थिक अध्यादेशमा एक वर्षभन्दा कम अवधिमा शेयर कारोबार भई लाभ लिएका लगानीकर्ताहरुमा ७ दशमलव ५ प्रतिशत र सोभन्दा बढी अवधिपछिको कारोबारबाट लाभ लिएका लगानीकर्ताका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो ।

दिर्घकालीन लगानीकर्ताको तुलनामा अल्पकालीन लगानीकर्ताको लागि २ दशमलव ५ विन्दु अर्थात् ५० प्रतिशत बढी पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको हो ।

 पूँजीगत लाभकरको व्यवस्था गरेको हो । एक वर्षसम्म शेयर कायम गरी त्यसपछि कारोबार पश्चात लाभ गर्ने लगानीकर्ताहरुका लागि भने सरकारले ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको हो । यस अघि अल्कालिन र दिर्घकालीन दुबै प्रकारका कारोबार गर्ने लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए । यस वर्ष सरकारले अल्पकालिन लगानीकर्ताको लागि २ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर बढाएको हो 

यस वर्षको बजेटमा पूँजीबजारका विषयमा धेरै कुरा सम्बोधन नभएपनि बजारको विकास र विस्तारकै लागि वितरणमुखी बजेट आएकोमा खुसी व्यक्त गरेका लगानीकर्ताहरुले अध्यादेशमार्फत पूँजीगत लाभकर बढाएकोमा भने दुख व्यक्त गरेका छन् ।

कतिपय लगानीकर्ताहरुले भने दिर्घकालीन लगानीलाई प्रोत्साहन हुने भन्दै यस विषयलाई स्वागत गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमकी सचिव दुर्गा तिवारीले अल्पकालीन लगानीकर्ताको लागि करको दर बढेकोमा असन्तुष्टि व्यक्त गरेकी छन् । 

उनले सरकारसँग दिर्घकालीन लगानीकर्ताको लागि करको दर कम गर्न माग गर्दै आएकोमा अल्पकालीन लगानीकर्ताको लागि कर बढाउँ भन्ने बुझाई परेको प्रतिक्रिया दिएका छिन् । दिर्घकालीन लगानीको लागि प्रोत्साहन गर्न सरकारले अल्पकालिन लगानीकर्ताको करको दर बढाएर हैन दिर्घकालीन लगानीकर्ताको लागि करको दर घटाउन आवश्यक रहेको उनको भनाई छ । 

(यो समाचार  आर्थिक अभियान १६जेठ २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links