पुँजीगत लाभकर अन्तिम वा अग्रिम

गैरव्यावसायिक करयोग्य सम्पत्ति नि:सर्गको आय मात्र भएको प्राकृतिक व्यक्ति जसको व्यवसाय, लगानी अथवा रोजगारीबाट कति पनि आय नभएकाले मात्र आय विवरण पेस गर्न नचाहनेको खण्डमा सो अग्रिम कर अन्तिम हुने हो ।

हाल सेयर बजारमा केही अस्पष्टता भएकाले लगानीकर्ताहरूमा अन्योल छाएको छ र यसबाट बजार एकैदिन बढ्ने तथा घट्ने गरिरहेकाले लगानीकर्ताहरू झन् अलमलमा परेका देखिन्छन् । त्यसैले केही कुरा स्पष्ट गर्न चाहन्छु । 
सर्वप्रथमत: नेपाल इनभेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ तथा नेपाल पुँजीबजार लगानीकर्ता संघको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएका केही विषयमा प्रस्ट पार्न चाहन्छु । उक्त विज्ञप्तिमा भनिएको छ : आयकर ऐन २०५८ मा सेयरको आयमा लगाइएको ७.५ प्रतिशत आयकर नै अन्तिम कर हो भन्ने प्रस्ट पारिसकेको अवस्थामा हामी सम्पूर्ण पुँजीबजारमा कारोबार गर्नुहुने महानुभावहरूलाई अवगत गराउन चाहन्छौं ।
तर, आयकर ऐनको दफा ९५ क.को उपदफा (१३) को व्यवस्था निम्न छ : “यस दफाबमोजिम दाखिला गरिएको अग्रिम कर दाखिला गर्नुपर्ने व्यक्तिले तिर्नुपर्ने वार्षिक कर दायित्वमा घटाउन पाउनेछ ।” यस व्यवस्थाले प्रस्ट पारेको छ कि दफा ९५ क.अनुसारको कुनै पनि अग्रिम कर अन्तिम होइन, अग्रिम नै हो । 
यसै गरी आर्थिक ऐन, २०७५ ले दफा ९७ मा संशोधन गरेको व्यवस्था पनि यहाँ सान्दर्भिक छ । सो संशोधित व्यवस्थाअनुसार निम्न कुरा उल्लेख छ :
९७. आय विवरण दाखिला गर्न नपर्ने : ९७. आय विवरण दाखिला गर्न नपर्ने : (ङ) आय विवरण पेस गर्न नचाहने गैरव्यावसायिक करयोग्य सम्पत्ति निस:र्गको आयमात्र भएको प्राकृतिक व्यक्ति अर्थात्, गैरव्यावसायिक करयोग्य सम्पत्ति नि:सर्गको आयमात्र भएको प्राकृतिक व्यक्ति जसको व्यवसाय, लगानी अथवा रोजगारीबाट कति पनि आय नभएकाले मात्र आय विवरण पेस गर्न नचाहनेको खण्डमा सो अग्रिम कर अन्तिम हुने हो । अरू कसैका लागि सो लागेको कर अग्रिम नै हो । तर, आयकर ऐनको अनुसूची १ मा उल्लेख भएबमोजिम सेयर कारोबारबाट हुने लाभमा आयकरको दर ७.५ प्रतिशत नै तोकिएको छ । 
आय विवरण भर्दा लगानीकर्ताहरूलाई निम्न फायदा हुन जान्छ :आय विवरण भर्दा लगानीकर्ताहरूलाई निम्न फायदा हुन जान्छ :

  • आव २०७४/७५ मा त्यहाँबाट सेयर कारोबारमा बेहोरेको नोक्सान सो आय विवरणमा देखाउन पाइने र आगामी वर्षमा हुने लाभबाट घटाउन पाइने,
  • आव २०७४/७५ मा नै एउटा सेयर बेच्दा भएको नोक्सानलाई अर्को सेयर बेच्दा भएको नाफाबाट घटाउन पाइने र नाफा हुँदा काटिएको आयकर अग्रिम करका रूपमा अन्तिम दायित्वबाट घटाउन पाइने अथवा आगामी वर्षको कर दायित्वबाट घटाउने गरी सार्न सकिने । 
  • प्राकृतिक व्यक्तिले पाउने कर छुटको रकम रु. ३ लाख ५० हजार वा रु. ४ लाख घटाई बाँकी रहेको आयमा मात्र ७.५ प्रतिशतले कर लाग्ने । 
  • सेयर खरिद गर्न बैंक वा वित्तीय कम्पनीबाट लिएको ऋणमा तिरेको ब्याज तथा सेयर कारोबारकै लागि गरिएका अन्य प्रत्यक्ष खर्च कर प्रयोजनका लागि सो आयबाट घटाउन पाइने ।यदि यो करलाई अन्तिम कर हो भनी प्रावधान गरिदिएमा अथवा लगानीकर्ताले आय विवरण नबुझाएमा उपर्युक्त कुनै पनि फाइदा पाउन सक्दैनन् । तसर्थ, मेरो विचारले आय–विवरण भर्दा नै बेस हुन्छ । 
यो लेख कारोबार दैनिक  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links