अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा ल्याउने गरी बजेट आउनुपर्छ

व्यापार/ व्यवसायलाई चलायमान बनाउने किसिमको बजेट आउनु पर्छ । चाहे त्यो औपचारिक होस वा अनौपचारिक दुबै पक्षलाई बजेटले समेट्नु पर्छ । अनौपचारिक क्षेत्रको ठुलो महत्व रहेकाले यसलाई स्वीकार गर्नुपर्ने भएको छ ।
हामीकहाँ अनौपचारिक क्षेत्रले धेरै रोजगारी सिर्जना गरेको छ, जसलाई ‘बटम अफ पिरामिड’ भन्छौं । तल्लो तहका श्रमिकलाई मासिक वा दैनिक ज्यालादारीमा रोजगारी दिने काम अनौपचारिक क्षेत्रबाट हुने गरेको छ । अहिले त्यो क्षेत्रमा नगद प्रवाहमा समस्या आएपछि रोजगारी दिन नसक्ने अवस्था छ ।

अब यसलाई औपचारिक क्षेत्रमा ल्याउन सरकारले केही नीतिगत व्यवस्था गर्नुपर्ने भएको छ ।  दर्ता प्रक्रिया सरल बनाउने, अर्को केही वर्षसम्म कर सहुलियत दिने व्यवस्था गरेमा अनौपचारिकलाई औपचारिक अर्थतन्त्रमा ल्याउन सकिन्छ । सरकारले कर असुल्ने नीति भन्दा पनि ३३ देखि ४० प्रतिशत अनौपचारिक व्यवसायलाई कसरी औपचारिक क्षेत्रमा ल्याउने सोच्नुपर्छ । रेमिट्यान्स आप्रवाहको भन्दा बढी रोजगारी अनौपचारिक क्षेत्रले दिएको छ । 

दोस्रो औपचारिक क्षेत्रमा पनि समस्या छन । प्रक्रियाअनुसार ऋण लिने दिने, उधारो, नगद प्रवाहको चक्रमा सबै अड्किएको छ । व्यवसायीको उधारो असुली रोकिएको छ । जसले गर्दा नगद प्रवाहको चक्र नै ठप्प भएको छ । यस्तो ठाउँमा नगद प्रवाह बढाउन सरकारले तरलता व्यवस्थापन गर्न सक्छ । 

सरकारले राहात दिनुपर्ने अवस्था आएको छ, राहात कसरी र कति दिने ? सरकारसंग क्षमता छैन । विगतका वर्षहरुमा हामीले गल्ति गर्यौ, चाहे नेपाली काँग्रेस वा नेकपा एमालेको सरकार होस सबैले गल्ति गरेका छन । हामीले उचित आर्थिक नीति छानेनौ । त्यस कारण आज समस्या आयो । अब अर्थतन्त्रमा नीतिगत सुधारका कामहरु थाल्नु पर्छ । त्यो भनेको उत्पादन क्षेत्रलाई प्रोत्साहित गर्नु हो । यसमा पनि स्वदेशी कच्चा पदार्थबाट उत्पादन गर्ने उद्योगलाई थप प्रोत्साहित गर्नुपर्छ ।

आयातमा आधारित अर्थतन्त्र भएकाले प्रत्यक्ष कर ज्यादै कम छ । सरकारको  राजश्वमा प्रत्यक्ष करको हिस्सा २८ प्रतिशत छ भने बाँकी सबै अप्रत्यक्षको छ । अप्रत्यक्ष कर भनेको आयात गरेर आएको हो । सरकारले ३६ प्रतिशतसम्म आयकर उठाएको छ, यो धेरै हो । यस्तो अवस्थामा करको सीमा बढाउने ठाउँ छैन । कर बढाउन सरकारले ‘लक्जरियस’ वस्तुमा उपभोग कर लगाउनु पर्छ । जोसंग क्षमता छ भने उसले सामान किन्न सक्छ र उपभोग कर पनि तिर्छ ।

अब मुलुकले ‘क्यापिटल एकाउन्ट कन्भरर्ट’ गर्न तर्फ सोच्नु पर्ने भएको छ । कतिसम्म नियन्त्रित अर्थतन्त्रमा बस्ने ? विदेशी लगानी ल्याउन नीतिगत सुधार गरेको भन्छौं, अझै पनि स्वीकृति लिन ९ स्थानमा जानु पर्ने अवस्था छ, यो अवस्था हटाऔं र एकद्धार प्रणालीबाट विदेशी लगानी ल्याउने व्यवस्था गरौं । स्वदेशमा उत्पादन बढाएर रोजगारीको सिर्जना गर्नु छ, कृषिमा क्रान्ति गर्नु छ, पूर्वाधारको विकास गर्नु छ,  यस्तो अवस्थमा लम्बेतान प्रक्रिया बनाएर लगानीलाई आर्कर्षित गर्न सकिन्न ।

जसलाई आवश्यक छ, उसले त्यस्ता बस्तु किन्न सक्छ । क्षमता नहुनेले किन्न सक्दैन । त्यसकारण मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर लगाउनु पर्छ । यो दर बढाएर २८ प्रतिशत पनि पुर्याउन सकिन्छ । बाहिरबाट आउने सामानमा भन्सार महशुलका साथै १३ प्रतिशत भ्याट पनि तिर्छौ । यहीको उत्पादनमा पनि त्यस्ता लक्जरियस वस्तु छन भने त्यसमा भ्याटदर बढाउनु पर्छ ।

यसको मतलव १० लाख रुपैयाँ पर्ने सामानको मूल्यमा भ्याट यति भन्ने आधारमा उपभोगमा कर लगाउनु पर्छ । उपभोग कर लगाएपछि अत्यावश्यक वस्तु आयातमा कम गर्न सहयोग पुर्याउँछ । यद्यपी भन्सार राजश्व भने कम हुन्छ, तर, भ्याट बढाउँदा घटेको राजश्वलाई परिपूर्ति गर्छ । त्यहीकारणले उपभोगमा आधारित करमा परिवर्तन गर्नुपर्छ भनेको हो ।

सरकारले अहिले विभिन्न किसिमको साना आयोजनामा पैसा राख्ने गरेको छ । यसबाट जनताले लाभ पाएका छैनन, पैसा खर्च भइरहेको छ, अब यसलाई रोकेर उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु पर्छ । उत्पादनमुलक आयोजना सञ्चालनको जिम्मेवारी सही व्यक्तिलाई दिनुपर्छ । सही व्यक्तिलाई सही ठाउँ पुर्याउने व्यवस्था भयोभने राम्रो परिणाम पनि आउँछ  ।

अब मुलुकले ‘क्यापिटल एकाउन्ट कन्भरर्ट’ गर्न तर्फ सोच्नु पर्ने भएको छ । कतिसम्म नियन्त्रित अर्थतन्त्रमा बस्ने ? विदेशी लगानी ल्याउन नीतिगत सुधार गरेको भन्छौं, अझै पनि स्वीकृति लिन ९ स्थानमा जानु पर्ने अवस्था छ, यो अवस्था हटाऔं र एकद्धार प्रणालीबाट विदेशी लगानी ल्याउने व्यवस्था गरौं । स्वदेशमा उत्पादन बढाएर रोजगारीको सिर्जना गर्नु छ, कृषिमा क्रान्ति गर्नु छ, पूर्वाधारको विकास गर्नु छ,  यस्तो अवस्थमा लम्बेतान प्रक्रिया बनाएर लगानीलाई आर्कर्षित गर्न सकिन्न ।

त्यसकारण अहिलेको बजेट बनाउँदा धेरै नीतिलाई परिवर्तन गरेर पुरानो अवधारणालाई हटाएर नयाँमा जानु पर्छ । यो काम गर्न चुनौति छ, तर सुरु गर्न ढिलाइ भइसकेको छ । नेपालमा लगानीमैत्री वातारण बनाऔं, सरकार राजश्वमुखी भन्दा सेवामुखी भएर जाओस, उद्योगी व्यवसायीलाई सहयोग हुने किसिमको नीति बजेटमा आयोस । 

यस्तै उद्योगी र व्यवसायीको समस्या बुझन र समधानको उपाय खोज्न सरकार, निजी क्षेत्र र नियामकबीच छलफल गर्न एउटा ‘डाइलग’ संयन्त्र बनाऔं, जसले प्रत्येक १५ दिनमा छलफल गरेर कृषि, पूर्वाधार, उद्योग र वैदेशिक लगानी र सेवा क्षेत्रमा देखिएका समस्याको पहिचान गरेर समधानका लागि सिधै मन्त्रिपरिषदमा सिफारिश गर्न सक्ने व्यवस्था हुनुपर्छ  । डाइलग समितिले गरेको सिफारिशलाई मन्त्रिपरिषले स्वीकार गर्न सक्ने हुनुपर्छ । अहिलेको सरकार दुईतिहाई बहुमत नजिक छ, उसले चाहेमा नसक्ने भन्ने केही छैन, त्यो हिम्मत सरकारले गर्न सक्नुपर्यो । 

यो वर्ष सरकारले यति आर्थिक वृद्धि गर्छु भनेर नगएको राम्रो । चीनले पनि यो वर्ष शुन्य वृद्धिमा जाने कुरा आएको छ । कति वृद्धि हुन्छ नभन्ने रणनीतिमा हामी पनि जाऔं । अहिले आर्थिक वृद्धि यति भन्दा पनि कसरी ‘सरभाइभ’ हुने भन्नेतिर सोच्नुपर्ने बेला छ । वृद्धि लक्ष्यलाई हिसाव गर्नुभन्दा व्यवसायिक सरभाइभका आधारमा बजारको मागलाई पुग्ने गरी लगानीयोग्य पुँजी (तरलता) को व्यवस्थापन हुर्नुपर्छ । कर्जाको ब्याजदर घटाउन मौद्रिक उपकरण प्रयोग गर्नुपर्छ ।

सरकारले बजेटको आकार ठुलो बनाउनुपर्छ भन्ने कुरा पनि आएको छ । यदी बजेटको आकार ठुलो बनाएर ‘फिस्कल स्टुमलस प्याकेज’ मा जान्छ भने यो उपर्युत हुन्छ । परम्परागत बजेट ल्याएर आकार ठुलो बनाउने सोचले काम गर्यो भने वित्तीय क्षेत्रमा उपलब्ध हुने कर्जा महंगो हुन जान्छ र सरकारलाई दोहोरा असर पर्छ । जति हामी स्टुमलस प्याकेजको रुपमा दिन्छौं त्यही आधारमा बजेट दिनुपर्छ । तरलता व्यवस्थापन गर्न र ब्याज दरलाई निश्चित सीमामा राखी मूल्यवृद्धि यतिमा राख्ने नभनी थेष्ठ तरलता हुन्छ भन्ने कुरा बजेटमा उल्लेख हुनुपर्छ ।

यो वर्ष सरकारले यति आर्थिक वृद्धि गर्छु भनेर नगएको राम्रो । चीनले पनि यो वर्ष शुन्य वृद्धिमा जाने कुरा आएको छ । कति वृद्धि हुन्छ नभन्ने रणनीतिमा हामी पनि जाऔं । अहिले आर्थिक वृद्धि यति भन्दा पनि कसरी ‘सरभाइभ’ हुने भन्नेतिर सोच्नुपर्ने बेला छ । वृद्धि लक्ष्यलाई हिसाव गर्नुभन्दा व्यवसायिक सरभाइभका आधारमा बजारको मागलाई पुग्ने गरी लगानीयोग्य पुँजी (तरलता) को व्यवस्थापन हुर्नुपर्छ । कर्जाको ब्याजदर घटाउन मौद्रिक उपकरण प्रयोग गर्नुपर्छ ।

आर्थिक वृद्धि र मूल्यवृद्धिको लक्ष्य पनि नराख्दा नेपाल राष्ट्र बैंकलाई नीति बनाउन सजिलो हुने छ । सरकारलाई पनि पछि गएर सहज हुन्छ । कुन समयसम्म कोरोना भाइरसको असर पर्छ र सामाजिक दुरी कायम राख्नु पर्ने हो अनिश्चित छ । हामी रेष्टुरेन्टमा गएर कहिले खाना खाना सक्छौ ? बजारमा गएर कहिले सामान किन्न सक्छौं ? भन्ने अझै अनिश्चित छ । यो अवस्था सहज होला जस्तो लाग्दैन । लक्ष्यलाई पछ्याउने भन्दा पनि ‘रिकोभरी’लाई पछ्याएर वित्तीय सन्तुलन कायम गर्ने बजेट चाहिन्छ । 

ब्याजदर घटाउन कर्जाको माग र सरकारको आन्तरिक ऋणको मागमा हेर्नुपर्छ । यदी सरकारको आन्तरिक ऋणको माग ठुलो भएका बजारमा यथेष्ठ तरलतको अवस्था रहँदैन । निजी क्षेत्रको माग धान्न सक्दैन । अहिलेको अवस्थामा निजी क्षेत्रको कर्जाको वृद्धि कति अपेक्षा गरिएको छ त्यो अनुसार सरकारले आन्तरिक ऋण उठाउनु पर्छ । अहिलेको अवस्थामा वैदेशिक ऋण धेरै आउने संभावना छैन । सबै मुलुकहरु समस्यामा छन । यसमा होसियार हुनुपर्छ । ब्याजदर घट्न चुनौति छ । रेमिट्यान्स आउँदैन । सबैकुरा विचार गर्दा आगामी दिनमा सरकारलाई थप चुनौति छ । यद्यपी ब्याजदर घटाउन सकिने संभावना पनि छ । 

१४ लाखले कति लाखलाई रोजगारी दिएका छन ? १४ लाखका कारणले कति उत्पादन भएको छ ? सरकारले कति राजश्व पाएको छ ? उनीहरुले कसरी व्यापार व्यवसाय गरेका छन भन्ने कुरा सरकारको सोच्न आवश्यक छ ।  उत्पादनको लागत घटाउनु भनेको वस्तु सस्तो बनाउनु हो, यसमा सरकारको सोचमा फरक आउनुपर्छ । आगामी बजेटमा ठुलो परिवर्तन हुने देखिएको छैन, परम्परागत हिसावले बजेट आउने छ । 

(यो समाचार  क्यापिटल नेपाल मा , ११ जेष्ठ २०७७ प्रकाशित लेख बाट  साभार  गरिएको  हो  । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links