आयोजनाहरूको पुनः प्राथमिकीकरण गरेर मात्रै बजेट : अर्थमन्त्री खतिवडा



काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले यसअघि सञ्चालनमा रहेका आयोजनाहरूको पुन: प्राथमिकीकरण गरेर मात्रै आगामी वर्षको बजेट विनियोजन हुने बताएका छन् । कोरोना भाइरस राेग (कोभिड–१९) को असरले आर्थिक क्रियाकलाप कम भई स्रोत अभाव हुने भए पनि सरकारले आयोजनामा पुनः प्राथमिकीकरण गरेर मात्रै बजेट छुट्ट्याउने उनकाे भनाइ छ ।


‘सार्वजनिक खर्चमा मितव्ययिता अपनाइनेछ,’ संसदमा आइतबार बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्दै खतिवडाले भने । १५ औं योजनाका लक्ष्य, सन २०३० का लागि संयुक्त राष्ट्रसंघले लागू गरेको दिगो विकासका लक्ष्य, अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तारोन्नत हुने लक्ष्यसाथ आगामी वर्षको बजेट विनियोजन हुने उनले बताएका छन् ।

सबैजसो लक्ष्यलाई कोरोनाले असर पारिसकेकाले कतिपय लक्ष्य तोकिएकाे मितिमा पूरा नहुने उनकाे भनाइ छ । कोभिड–१९ ले पारेको असर कम गर्न मौद्रिक र वित्तीय उपकरणहरू आउँदो बजेटबाट अघि सार्ने जनाउँदै अर्थमन्त्री खतिवडाले करको दर नबढ्ने तर दायरा बढाइने बताए ।

(यो समाचार  बैसाख  २८ , २०७७ को कान्तिपुर मा  प्रकाशित  लेख  बाट  साभार  गरिएको  हो  । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links