ढल जडान नहुँदै कर असुल्दै विराटनगर महानगरढल जडान नहुँदै कर असुल्दै विराटनगर महानगर


माेरङ– विराटनगर महानगरपालिकाले ढल जडान कार्यलाई पूर्णता नदिइकनै जनताबाट कर उठाउन थालेको छ।

निषेधाज्ञाका बीच महानगरपालिकाका वडाले ढल जडान गरेवापत जनताबाट सेवा शुल्कका रुपमा मनपरी राजस्व उठाउन थालेको हो। विराटनगर वडा नम्बर १० कार्यालयले ढल सेवाका रुपमा सर्वसाधारणबाट ३ हजारदेखि ३० हजार रुपैयाँसम्म राजश्व उठाएको छ।

घरबाट निकालिने ढलको सेवा प्रयोग नगरेको अवस्थामा कार्यालयले शुल्क उठाएकोमा सर्वसाधारणले आपत्ति जनाएका छन्। हजको फोहर व्यवस्थापनका लागि इनलेटलाई ढलमा नजोडिकन वडाले राजश्व उठाएकोमा स्थानीय सागर सापकोटाले आक्रोश व्यक्त गरे।

२०७७/७८ को सम्पत्ति तथा भूमिकर तिर्न वडा पुगेका सापकोटालाई पूर्वाधार दस्तुर ५ सय र ढल उपयोग सेवा शुल्क ३ हजार रुपैयाँ माग गरेपछि आपत्ति जनाएका थिए। उनले वडाध्यक्ष माधवराज वाग्लेलाई घरमै बोलाएर ढल जडान नगरिएको जानकारी गराएका थिए। ढल जडान नै नगरि आफू खुशी वडाले रकम तिर्न बाध्य पारेको बताएका सापकोटाले लकडाउनका क्रममा स्थानीय सरकार कर असुल्न लागि परेको बताए।

त्यसैगरि उपभोक्ता अधिकारकर्मीका अध्यक्ष उत्तम ढुंगेलले परियोजनाको काम नसकिकनै कर उठाउन उचित नहुने बताँउछन्। स्थानीय निकायले सर्वसाधारण माझ सूचना जारी नगरी एकैपटक कर उठाउन लक्षित हुँदा सर्वसाधारण अन्यौलमा परेको उनको भनाइ छ।

केहीदिन अघि डा. मदन कोइरालाको घरमा ढल जडान नै नगरिकन ३० हजार रुपैयाँ लिएको छ। वडा नम्बर १० ले पूर्वाधार कर वापत ५ हजार र ढल सेवा लिए वापत ३० हजार रुपैयाँ असुल गरेको हो। उनको घरसम्म न ढलको पाइप पुगेको छ न रिङनै राखिएको छ।

सुविधा नै प्रदान नगरी वडाले एकपक्षीय रुपमा रकम असुलेको उनको गुनासो छ। कोइरालाले आपत्ति जनाएपछि वडाले महानगरसमक्ष उनले लेखेको निवेदन पठाएको छ।

वडा अध्यक्ष माधवराज वाग्ले ढलको पाइप जडान गर्नका लागि सर्वसाधारणलाई जानकारी गराएको दाबी गर्छन्। सर्वसाधारणको घरमा पाइप पुगिसकेको र जडान गर्न पटक–पटक प्रचार गरिएको उनको भनाइ छ।

तर, अध्यक्षको भनाइलाई स्थानीय वासिन्दा नकार्छन्। स्थानीय कर तिर्न जादाँ एकैपटक ढल सेवा जोडिएको गुनासो उनीहरुको छ। ढलको विषयमा शहरी विकास परियोजनाका प्रमुख भरत न्यौपानले घरको क्षेत्रफलका आधारमा रकम निर्धारण गरिएको बताए  महानगरको मुख्य ८, ९, १०, ११, १५ वडामा ढल जडान कार्य भइरहेको छ।

वडा नम्बर ८ का अध्यक्ष निश्चल अर्याल भने सर्वसाधारणलाई आफूहरुले ढल सेवाको कर तिर्न अहिले दवाव नदिएको बताँउछन्। भोलि कार्य सम्पन्न भइसकेपछि जानकारी गराएर कर उठाउने बताएका उनले अहिले ढल जडान कार्य भइरहेको हुँदा कर संकलन गर्नुको तुक नरहेको उल्लेख गर्छन्।

महानगरपालिकाले मातहतका वडालाई नगरसभाको छैठाैँ निर्णय अनुसार साउन १५ गते ढल सेवा शुल्क संकलन गर्न पत्र जारी गरेको छ। तर, वडा नम्बर १० ले महानगरको सो पत्र अगावैबाट ढल सेवा शुल्क लिन सुरु गरेको छ।


(यो समाचार  देश संचार १८  भाद्र २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links