एक्जियटाले भन्योः एनसेलले कर तिर्दैन !

काठमाण्डु, २७ माघ – एनसेललाई होल्ड गर्ने कम्पनी एक्जियटाले एनसेल खरिद विक्रिमा भएको लाभकर तिर्ने दायित्व आफ्नो नभएको बताएको छ ।

सर्वोच्च अदालतले एनसेल र एक्जियटाबाट कर उठाउनू भनेर रिट जारी गरेपछि एक्जियटाले यस्तो विज्ञप्ति निकालेको हो । एक्जियटाले लाभकर तिर्ने दायित्व बेच्ने टेलिया कम्पनीकै भएको बताएको छ ।

एक्जियटाले ठूला करदाता कार्यालयले किनबेचका लागि ‘क्लिरियन्स’ दिइसकेको अवस्थामा लाभकरको विषय टुंगिएको र आफूहरुको तिर्नुपर्ने दायित्व नभएको प्रष्टाएको हो ।

साथै एक्जियटाले देश बाहिरको कारोबारमा लाभ करको विषय आकर्षित नहुने र भइहाले पनि बेच्नले दायित्व बहन गर्नुपर्ने बताएको छ ।



यो समाचार  काठमाण्डु टुडे डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links