साढे तीन महिनामा करिब २ करोड रुपैयाँ राजस्व संकलन

कैलाली, माघ २७ । कैलालीको व्यापारिक नाका सत्ती भन्सार कार्यालयले पछिल्लो साढे तीन महिनामा करिब २ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

सो भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत बसन्त केसीले कर्मचारीको अभावमा सोचेजस्तो राजस्व संकलन गर्न नसकेको बताए ।

गत कात्तिकदेखि माघ १५ गतेसम्म भन्सार कार्यालयले १ करोड ९० लाख ६१ हजार ८ सय २५ रुपैयाँ संकलन गरेको उनले जानकारी दिए ।

खुला सीमा नाका र पर्याप्त कर्मचारी नहँुदा पनि राजस्व संकलनमा केही कमी आएको हो । कात्तिकको अन्त्यमा भन्सारसँगै सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. बेसक्याम्प स्थापना भएपछि राजस्व संकलनमा बृद्धि भएको भन्दै भन्सार अधिकृत केसीले सशस्त्रको उपस्थितिपछि चोरी निकासीमा पनि कमी आएको बताए ।

यो समाचार  इमेजखबर डटकम बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links