काठमाडौं महानगरको सबै कर कनेक्ट आईपीएसबाटै तिर्न सकिने, लाइन बसेर तिर्नुपर्ने बाध्यता हट्दै


कनेक्ट आईपीएसबाट पनि काठमाडौं महानगरपालिकाका सेवाग्राहीहरुले कर भुक्तानी गर्न सक्ने भएका छन्। कनेक्ट आईएपीएसले महानगरपालिकालाई नबिल बैंकमार्फत् सो सेवा प्रणालीमा आवद्ध गराएको जनाएको छ। 

यस सुविधासँगै करदाताहरुले महानगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भुमि कर), व्यवसाय कर, घरबहाल कर लगायतका सबै कर, दस्तुर तथा सेवा शुल्कहरु घरबाटै तिर्न सक्ने भएका छन्। कर तथा अन्य शुल्क 'कनेक्ट आइपीएस इ-पेमेन्ट' बाटै भुक्तानी गर्न सकिने बताइएको छ। 

सुविधासँगै कर तिर्न करदाताहरुले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुने विश्वास कम्पनीको छ।

महानगरपालिकाको राजस्व प्रणालीमा करदाताले आफुलाई पायक पर्ने वडा कार्यालय गएर एकपटक आफ्नो मोबाइल नम्बर र इमेल ठेगाना दर्ता गराउनुपर्ने हुन्छ। सोपछि करदाताहरुले यो वेबसाइटमा गएर आफ्नो युजरनेम र पासवर्ड प्राप्त गरी सोझै विवरण दाखिला गरेर रकम भुक्तानी गर्न सक्ने बताइएको छ। 

कनेक्ट आइपीएस इ-पेमेन्ट प्रणाली (अनलाइन भुक्तानी) को एकिकृत प्लाटफर्म हो। यसमा अनलाइन फण्ड ट्रान्सफरलगायत नेपाल सरकारको राजस्व भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी गर्न सकिन्छ। 

यस्तै, मोबाइल वालेटमा फन्ड लोड, नेप्से अनलाइन ट्रेडिङ तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानी जस्ता कारेबारहरु पनि गर्न सकिने कम्पनीले जनाएको छ। 

(यो समाचार बिजमाण्डू १६ कात्तिक २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links