अर्थको धम्कीपछि मदिरा उद्यमीले साँचो बुझाएनन्, आन्तरिक राजस्व विभाग पुगेर गुनासो मात्रै गरे

काठमाडौं।अर्थमन्त्रालयको उच्च तहबाट ‘चेतावनी’ आएपछि उद्योगको साँचो बुझाउन आन्तरिक राजस्व विभाग पुगेका मदिरा उद्योगी गुनासो गरेर फर्किएका छन्।

स्रोतका अनुसार नेपाल मदिरा उत्पादक संघले झण्डै ८० जना उद्योगी विभागमा पुगेपनि अस्वभाविक रुपमा बढाइएको अन्तशुल्कले उद्योगनै संकटमा परेको गुनासो गरे।‘जतिसुकै आन्दोलन गरेपनि अन्तशुल्क घट्दैन त्यसैले साँचो बुझाएर केही हुँदैन।आन्दोलनले बरु उल्टै समस्या हुन्छ’अर्थमन्त्रालयका केही अधिकारीले उद्योगीलार्इ भनेका थिए।अर्थमन्त्रालयबाट यो चेतावनी आएपछि उद्योगीले विभागमा पुगेर गुनासो मात्रै गरेर फर्किए।

स्रोतका अनुसार नयाँ अन्तशुल्कको व्यवस्थाले ९० वटा उद्योगमध्ये ८० वटा उद्योग बन्द हुने उद्योगीले गुनासो गरेका थिए।शुक्रबार संघको अगुवार्इमा नयाँ अन्तशुल्कको व्यवस्थाले उद्योग चलाउन नसक्ने भन्दै साँचो बुझाउने निर्णय गरेका थिए।बजेटले ५० युपीसम्मका मदिरालार्इ बढी अन्तशुल्क लगाएको छ। ५० युपीको मदिरामा पहिला एक केशमा १ हजार २ सय ४४ रुपैयाँ अन्तशुल्क तिर्नुपर्नेमा त्यो बढेर ३ हजार २ सय रुपैयाँ पुगेको छ।
 
नयाँ करको दरबाट जावालाखेल डिस्टिलरी, युनाइटेड स्प्रिट्स, यति डिस्टिलरी, हाइल्याण्ड डिस्टिलरी लगायतका केही कम्पनी मात्रै सरभाइभ गर्न सक्छन्। ‘बढी युपीका मदिरा (पौवा) उत्पादन गर्ने धेरै कम्पनी ढिलो चाँडो बन्द हुन्छन्। ती उद्योगका उत्पादन महँगो हुन्छ र सस्तो मदिरा उपभोग गर्ने उपभोक्ता घरपालुवा उत्पादनमा फर्किने छन्। यसले राज्यलार्इनै वेफाइदा हुनेछ,’ ती उत्पादकले भने।
 
कुनै अध्ययन विनानै मदिरामा जथाभावी कर निर्धारण गर्दा अवैधानिक तवरले उत्पादन हुने निम्नकोटीका मदिराको उपभोग बढ्नेछ। ‘सरकारले यसरी करको निर्धारण गर्नुभन्दा मदिरा उद्योगलार्इ प्रतिवन्ध लगाएको भए राम्रो हुन्थ्यो,' ती उत्पादकले भने, 'सरकारी निर्णयले उपभोक्तालार्इ गुणस्तरहीन मदिरा उपभोगका लागि वाध्य पारेको छ। यसबाट राज्यको ढुकुटीमा समेत कैची चल्छ’ ती उत्पादकले भने।
 
अन्तशुल्कको नयाँ दर आएपछि कतिपय उद्योगले उत्पादननै बन्द गरेका छन्। ’६० रुपैयाँमा बिक्री गरिरहेको मदिराको नयाँ अन्तशुल्कको दरले मूल्य १ सय २० रुपैयाँ पुर्याउनुपर्ने अवस्था छ, ती व्यवसायीले भने, उपभोक्ताको क्रयशक्ति बढेको छैन। उनीहरुले हाम्रो मदिरा उपभोग गर्न सक्दैनन्। त्यो उत्पादन गर्नुको कुनै अर्थ छैन।‘

यो समाचार बिजमाण्डू डट कमबाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links