करबृद्धिको बिरोधपछि वीरगंजका मेयर सरावगी पछि हटे, कर संशोधन र स्थगनको प्रस्ताव लैजाने


वीरगंज। वीरगंज महानगरले चालु आर्थिक वर्षको लागि बढाएको विभिन्न शिर्षकको करवृद्धिको चौतर्फी विरोधपछि वीरगंजका मेयर विजय सरावगी निर्णयबाट पछि हटेका छन्।
 
उनले आज पत्रकार सम्मेलन गरी करवृद्धि फिर्ता गर्ने संकेत दिए ।

महानगरले स्थानीय तह सञ्चालन ऐन २०७४ को अधिकार प्रयोग गर्दै दोस्रो नगरसभाबाट पास भएको आर्थिक ऐन २०७५ बमोजिम लगाइएको १५ वटा शिर्षकको केही शिर्षकको कर संशोधन र केही शिर्षकको कर स्थगन गर्ने विषयमा बुधवार बस्ने वीरगंज महानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्ताव लैजाने तयारी भएको छ।
 
‘कार्यपालिकाले जे आदेश गर्यो सोही अनुरुप १५ दिन भित्र नगरसभा आह्वान गरी करवृद्धि सशोधन वा स्थगन गर्ने प्रस्ताव पारित गराउँछु’- मेयर सरावगीले भने।
महानगरकै सभाहलमा आयोजित पत्रकार सम्मेनलमा उनले करवृद्धिको सवालमा वीरगंजमा भइरहेको विरोध प्रदर्शन एवं आन्दोलन प्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको बताए।
 
महानगरले वातावरण प्रदुषण एव सडक सुधार कर वापत ट्रकमा लगाइएको ५ सय ,१ हजार र १५ सय रुपैया,महानगरमा पेट्रोल पम्पले बेच्ने इन्धनको प्रतिलिटर २५ पैसा,कुखुराको गाडी प्रवेशमा प्रति गाडी प्रति लट साढे १२ हजार रुपैयाँ,कबाडी करलगायतको विषयमा फिर्ता लिने
तयारी गरेको पनि उनले जानकारी दिए ।
 
त्यसैगरी महानगरले जग्गाको मुल्याकंन बढाएको सवालमा मालपोतको मूल्याकंन दरमै राजस्व असुली गर्ने आश्वासन पनि मेयरले दिएका छन्।

मेयर सरावगीले भने,‘लामो समय देखि वीरगंज महानगरको जग्गाको मूल्याकन बढेको थिएन्,३० वटा वडा मध्ये ११ वडा र ५ वडा गरी पछि थपिएको १६ वटा वडाबाट चालु आर्थिक वर्षको कुनै किसिमको कर लगाउने सम्झौता अनुसार १४ वटा वडाबाट उठाइएको करबाट सबै वडाको विकास गर्ने उदेश्यले जग्गाको मूल्याकन बढाएको हौं,सबैलाई मञ्जुर छैन भने हामी यसलार्य संशोधन गर्छौं।’

उनले जग्गाको सवालमा कृषि र वन लगाउने किसानलाई करको ९० प्रतिशत छुट पनि दिइने नियम लगाएको बताए ।
 
आन्तरिक स्रोतबाट करिब ७० करोड रुपैयाँ उठाउनु पर्ने बाध्यता रहेकोले महानगरले कर लगाएको उनले स्पष्टीकरण दिए ।
 
मेयर सरवागीले वीरगंज महानगरमा नक्सापास बिना सयौं घर बनाइएको भन्दै ती सबैलाई करको दायरामा ल्याउन विभिन्न शिर्षकमा कर लगाएको दावी गरे।
 
पत्रकार सम्मेलनमा महानगरकी उपमेयर शान्ति कार्की, प्रमुख प्रशासकिय अधिकृत भिष्मकुमार भुषाल लगायतको उपस्थिति थियो ।

यो समाचार  बिजमाण्डू डट कम  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links