सार्वजनिक परिपत्र र पूर्वादेश


सार्वजनिक परिपत्र जारी गर्ने

आयकर ऐनको कार्यान्वयनमा र ब्याख्यामा एकरुपता ल्याई कर प्रशासनलाई सरल बनाउन र विभागका अधिकृतहरु लगायत यस ऐनबाट प्रभावित हुने व्यक्तिहरुलाई मार्ग निर्देशन दिन ऐनको दफा ७५ ले दिएको अधिकार प्रयोग गरी विभागले यस ऐनमा भएका व्यवस्थाहरुको सम्बन्धमा व्याख्या सहित लिखित रुपमा सार्वजनिक परिपत्रहरु जारी गर्न सक्तछ । यसरी जारी गरिएका परिपत्रहरु सर्वसाधारणको जानकारीका लागि विभागमा वा विभागले आवश्यकतानुसार अन्य कुनै स्थानमा वा कुनै माध्यमद्वारा उपलब्ध गराउनु पर्दछ ।

विभागबाट जारी गरिएको कुनै परिपत्र विभागले रद्द नगरेसम्म सो परिपत्रको पालना गर्न र सोही बमोजिम कारवाही गर्न विभाग अन्तर्गतका कर्मचारीहरु बाध्य हुन्छन् । तर विभागले जारी गरेका सार्वजनिक परिपत्रहरु सरोकारवालाहरुका लागि भने बाध्यकारी हुदैनन् । कुनै ब्यक्तिलाई कुनै सार्वजनिक परिपत्रले गरेको ब्यबस्था वा ब्याख्यामा चित्त नबुझेमा सो ब्यक्तिले कानूनी उपचारको बाटो अवलम्बन गर्नु पर्दछ ।

पूर्वादेश जारी गर्ने

कुनै करदातालाई आफूले गरेको वा गर्ने कुनै कार्यका सन्दर्भमा ऐनको कुनै ब्यबस्था के कसरी लागु हुन्छ भन्ने बिषयमा द्विबिधा हुनु स्वाभाविक हो । त्यस्तो ब्यक्तिले आफ्नो द्विबिधा निराकरण गरी दिन बिभागसंग लिखित आग्रह गरेमा विभागले पनि सो ब्यक्तिलाई लिखित रुपमै आफ्नो धारणा जानकारी गराउनु पर्दछ । विभागले लिखित रुपमा जानकारी गराएको यस्तो धारणालाई नै पूर्वादेश भनिन्छ ।

सार्वजनिक परिपत्र र पूर्वादेशको फरक 
 

 सार्वजनिक परिपत्र    पूर्वादेश
उद्देश्य    
  
कर प्रशासनलाई सरल बनाउन र
विभागका अधिकृतहरु लगायत यस ऐनबाट प्रभावित हुने व्यक्तिहरुलाई मार्ग निर्देशन दिन
 निवेदक कर दाताको द्विबिधा निराकरण गर्न
कसको निम्ति जारी हुने ?   विभागका अधिकृतहरु लगायत यस ऐनबाट प्रभावित हुने सबैलाई     पूर्वादेश को निवेदक करदातालाई
बाध्यकारी हुने नहुने    विभागबाट जारी गरिएको कुनै परिपत्र विभागले रद्द नगरेसम्म सो परिपत्रको पालना गर्न र सोही बमोजिम कारवाही गर्न विभाग अन्तर्गतका कर्मचारीहरु बाध्य हुन्छन् । तर विभागले
जारी गरेका सार्वजनिक परिपत्रहरु सरोकारवालाहरुका लागि भने बाध्यकारी हुदैनन् ।  
जुन ब्यक्तिलाई पूर्वादेश जारी गरिएको हो सो ब्यक्तिको लागि सो
पूर्वादेश बाध्यकारी हुदैन ।
सार्वजनिक परिपत्र र 
पूर्वादेशमा बाझिएमा के हुन्छ ?  
     
जसको निम्ति जारि गरिएको हो उनीहरु बाहेक अरुले सार्वजनिक परिपत्र अनुसार नै गर्नु पर्नेसार्वजानिक परिपत्र र कुनै ब्यक्तिलाई जारी गरिएको पूर्वादेश एक आपसमा बाझिएमा पूर्वादेश जारी गरिएको व्यक्तिको हकमा पूर्वादेशमा उल्लिखित व्यवस्था नै लागु हुन्छ ।
सार्वजनिक परिपत्र वा पूर्वादेशमा चित्त नबुझेमा के हुन्छ ?    कुनै ब्यक्तिलाई कुनै सार्वजनिक परिपत्रले गरेको ब्यबस्था वा ब्याख्यामा चित्त नबुझेमा सो
ब्यक्तिले कानूनी उपचारको बाटो अवलम्बन गर्नु पर्दछ ।    
जारी भएको पूर्वादेशमा कुनै ब्यक्तिलाई चित्त नबुझेमा सो ब्यक्तिले प्रशासकीय पुनरावलोकन लगायतका कानूनी उपचारको बाटो अबलम्बन गर्न पाउंछ ।
जारि गर्ने समयावधि    आवस्यकता अनुसार    करदाताले निवेदन दिएमा ४५ दिन भित्र
कहिले सम्म लागु हुन्छ?         विभागले रद्द नगरेसम्म  पूर्वादेश जुन ब्यक्तिलाई जुन सन्दर्भमा जारी गरिएको हो सोहि ब्यक्ति र सोहि सन्दर्भ रहे सम्म लागु हुन्छ । ब्यक्ति वा सन्दर्भ फरक भएको अवस्थामा पूर्वादेशद्वारा गरिएको ब्यबस्था लागु हुदैन ।

पूर्वादेशको प्रक्रिया 
  1. पूर्वादेश मांग गर्ने व्यक्तिले आफ्नो कुनै द्विबिधा निराकरणका लागि तोकिएको ढाँचामा विभागसमक्ष लिखित रुपमा निवेदन दिनुपर्दछ ।
  2. निवेदनमा आफूलाई परेको द्विबिधाको विषयमा पूर्ण र यथार्थ विवरण विभाग समक्ष प्रस्तुत गर्नुपर्दछ ।
  3. विभागले कुनै अपुग विवरण माग गरेमा समयमै माग भएको बिवरण विभागमा पेश गर्नु पर्दछ ।
  4. आफूले गरेको कुनै कामबाट कर दायित्व श्रृजना भैसकेको वा कर दायित्वबाट हटिसकेको अवस्थामा र अदालतमा बिचाराधीन रहेको वा अदालतवाट निर्णय भई सकेको बिषयमा पूर्वादेश माग गर्नु हुदैन । 
  5.  निवेदन प्राप्त भएपछि पैंतालीस दिनभित्र विभागले सो विषयमा निर्णय दिनु पर्नेछ । 

पुर्वादेशको ढाँचा यहाँ डाउनलोड गर्नुहोस्  । 

Social Links