सामाजिक सुरक्षामा नआउने कम्पनी कारवाहीमा

काठमाडौं : सामाजिक सुरक्षामा सामेल नहुने प्रतिष्ठान कारवाहीमा पर्ने भएका छन्। सरकारले सामाजिक सुरक्षामा नआउने प्रतिष्ठानलाई कारवाही गर्ने तयारी गरेको छ। सामाजिक सुरक्षामा सामेल हुन सरकारले दोस्रो पटक म्याद दिएर असोज मसान्तसम्म सूचीकृत हुन आह्वान गरेको थियो। तर, अधिकांश प्रष्ठिानले सामाजिक सुरक्षामा सामेल हुन अटेर गरेका छन्। 

सामाजिक सुरक्षा कोषका प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षामा सामेल नहुने प्रतिष्ठानलाई सरकारी सुविधाबाट वञ्चित गरिने बताइन्। ‘सरकारी तबरबाट हुने सबै काम रोकिन्छ’, उनले भनिन्। कोषमा सूचिकृत नहुने रोजगारदाता कम्पनीलाई शुक्रबारबाटै कारवाही थाल्ने कोषको तयारी छ। ‘कोषमा नआएका रोजगारदाता कम्पनीहरूलाई करतिर्दा, नविकरण र अन्य कानूनी पक्रियामार्फत् कारवाही गरिन्छ,’ प्रवक्ता भट्टराईले भनिन्।  नविकरण लगायतका आवश्यक काममा अवरोध सिर्जना गर्ने उनको भनाइ छ। 

कोषका अनुसार सञ्चारमाध्यम र बैंकहरु सामेल भएका छैनन्। पछिल्लो समयमा चार पाँचवटा बैंक भने सामाजिक सुरक्षामा सामेल भएपनि सञ्चार माध्यमले बेवास्ता गर्दै आएका छन्। 
कोषका अनुसार ६ हजार २ सय रोजगारदाता र ९० हजार श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा सामेल भएका छन्। रोजगारमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने म्याद बिहीबारसम्म केही थपिने कोषले जनाएको छ। 

सरकारले साउन १ गतेदेखि लागू हुने सामाजिक सुरक्षा कोषको सुरु गरेको थियो। अब भने म्याद नथप्ने प्रवक्ता भट्टराईले बताइन्। कोषमा आवद्ध हुँदा निवृत्तिभरण सुविधा, व्यवसायजन्य रोग तथा रोजगारीजन्य दुर्घटना, आश्रित परिवारको निवृत्तिभरण तथा सन्ततीवृत्ति, स्थायी पूर्ण असक्षमता बापतको निवृत्तिभरण र उपचार खर्च पाइन्छ। 

तुलसी सुवेदी

(मिति  ३० असोज २०७६  अन्नपूर्ण पोस्ट मा  प्रकाशित  यो समाचार  साभार गरिएको हो  एवं  अन्नपूर्ण पोस्ट को यो  लिंकमा गई पढ्न सकिनेछ । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ।  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links