'नेपाल राजस्व सेवा' गठन गर्न अर्थको स्वीकृती, भन्सार र आन्तरिक राजस्वको छुट्टाछुट्टै समूह


काठमाडौं। कर्मचारी प्रशासन सेवाभित्र रहेको विद्यमान राजस्व समूहलाई परिमार्जन गर्न अर्थ मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई सहमति दिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरिरहेको संघीय निजामती ऐनमा राजस्व समूहलाई नयाँ रुपमा व्यवस्थित गर्न अर्थ मन्त्रालयले सहमति दिएको हो।असार १७ गते अर्थले सामान्य प्रशासनलाई पठाएको पत्रमा 'नेपाल राजस्व सेवा' गठन गर्ने र त्यसअन्तर्गत आन्तरिक राजस्व र भन्सार प्रशासन नामक दुई छुट्टाछुट्टै समूह गठन गर्न अर्थले सहमति दिएको उल्लेख छ।
यसअनुसार अब प्रशासनिक पुनर्संरचना गर्दा विद्यमान राजस्व समूहभित्र छुट्टै राजस्व समूह र त्यस भित्र दुई उपसमूह हुन्छन्। सरकारले राजस्व प्रशासनलाई बलियो बनाउन तल्लो तहदेखि नै एउटै समूहबाट कर्मचारी संयन्त्र तयार गर्न यस्तो प्रस्ताव गरेको हो।

अर्थले सामान्यलाई दिएको सहमतिअनुसार अब सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको मस्यौदा अघि बढाउने छ। अहिले पनि निजामति सेवा भित्र उपसचिव तहसम्म राजस्व समूह विद्यमान छ। २०४८ सालमा राजस्व समूह गठन हुँदा सहसचिसम्म त्यो समूहमा रहने व्यवस्था रहेकोमा पछि हटाएर उपसचिवसम्म राजस्व समूहमा रहने व्यवस्था गरिएको थियो।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links