६ महीनामा ९ करोड १८ लाख राजस्व संकलन


माघ २९, रौतहट । मालपोत कार्यालय चन्द्रनिगाहपुरले ६ महीनाको अवधिमा रू. ९ करोड १८ लाख ३८ हजार ५२७ राजस्व संकलन गरेको छ । साउन महीनामा चन्द्रनिगाहपुरमा मालपोत कार्यालय तथा नापी कार्यालयको सेवा केन्द्र स्थापना भएको हो ।

साउनदेखि पुससम्म रजिष्ट्रेशन दस्तुरबाट रू. ६ करोड ३१ लाख ६ हजार ८८३ राजस्व संकलन भएको मालपोत कार्यालयका सहलेखापाल बाबुराम दक्षितले जानकारी दिए । यसैगरी पूँजीगत लाभकरबाट रू. १ करोड ९५ लाख १७ हजार ५८६ संकलन भएको छ । सहलेखापाल दक्षितका अनुसार संकलित राजस्वको ६० प्रतिशत रू. ३ करोड ७८ लाख ६४ हजार १३० स्थानीय तहमा र ४० प्रतिशत रू. २ करोड ५२ लाख ४२ हजार ७५३ रकम प्रदेश कोषमा जानेछ ।

गत २०७१ असोज ३० गते मन्त्रिपरिषदले चन्द्रनिगाहपुर, गरुडा र मौलापुरमा सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । तर चन्द्रनिगाहपुरमा सेवा केन्द्र स्थापना गर्ने विषयमा गौरमा विरोध भएपछि गत २०७१ चैत्र २० गतेको निर्णय सरकारले स्थगित गरेको थियो । गत २०७१ साल असोज ३० गतेको मन्त्रिपरिषदको निर्णयलाई नै सरकारले २०७५ जेठ २० गते निरन्तरता दिँदै चन्द्रनिगाहपुरमा सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

मालपोत कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर, जुडिबेला, सन्तपुर र डुमरियाका साथै बृन्दावन नगरपालिकाको रमौली, बिश्रामपुर र सखुअवाधमौरा क्षेत्रका सेवाग्राहीलाई सेवा दिँदै आएको छ । यसैगरी गुजरा नगरपालिकाको रंगपुर, कनकपुर र प्रतापपुर पल्टुवा तथा फतुवा विजयपुर नगरपालिकाको लक्ष्मिनिया र फतुवा हर्षाहाका साथै कटहरिया नगरपालिकाको भसेडवा र हथियाईको कार्यसम्पादन गर्दै आएको छ । मालापोत कार्यालयले अनलाईन प्रणालीबाट पूर्जा वितरण गर्दै आएको छ ।

यो समाचार  अभियान डटकम बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links