६६ औं भन्सार दिवसः तिर्ने र तिराउनेबिच जुहारी

काठमाडौैं । ६६ औं भन्सार दिवसमा निजी क्षेत्र र सरकारबीच रोचक जुहारी चलेको छ । ‘आर्थिक विकासका लागि सुरक्षित व्यवसायीक वातावरण’ मुल नारा दिएर आयोजना गरिएको बिशेष समारोहमा सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधी एक अर्का विरुद्ध खनिएका हुन् ।

कार्यक्रममा नेपाल उद्योग महासंघको उपाध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई सहज वातावरण नदिएको आरोप लगाए । उनले भन्सार मुल्यांकन, वस्तु वर्गीकरण र जाँचपास प्रक्रिया सहज नभएको बताए । उनले भन्सार चेकचाँजका नाममा कर्मचारीले व्यवसायीलाई दुःख दिएको र ढुवानी समय बढेर नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको आरोप पनि लगाए । उनले कच्चा पदार्थको भन्सार बढाएर तयारी समानको भन्सार घटाउने सरकारी नीतिकै कारण नेपाली उद्योग धन्दा धरासायी भएको आरोप पनि लागए ।

कार्यक्रममा राजस्व सचिव शिशिर ढुङगानाले व्यपारीहरुले विदेशबाट आयात गर्ने बस्तुको क्रय मुल्य निकै कम देखाउने र उच्च रकममा विक्री गरेको अनुगमनको क्रममा भेटीएका आरोप लगाए । उनले व्यवसायीहरु जिम्मेवार बन्न छाडेर सरकारमाथी खनिएर मात्रौ समस्याको समाधान नहुने समेत स्पष्ट पारे । उनले भारत र चीन लगायतका देशबाट आउने सामानमा भन्सारमै तोकेर एमआरपी राखिनु पर्ने प्रस्ताव समेत गरे । निजी क्षेत्रले ७५ प्रतिशत देशको अर्थतन्त्र निजी क्षेत्रको हातमा रहेकोले देशको अर्थतन्त्र सुधार गर्ने कि धरासायी बनाउने भन्ने जिम्मा निजी क्षेत्रको हातमा रहेको बताए । एकै किसिमको मुल्यांकन हुनै नसक्ने बताउँदै नेपाल डब्लु टी ओ को सदस्य भएकोले सोही नियम अनुसार अघि बढ्ने उनले थपे ।

कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले आफु ५/७ महिनाको लागी मात्र अर्थमन्त्री बनेको र राजस्व विभागबाट एक रुपैंया पनि लाभ नलिने गरी काम गरेको दाबी गरे । मुलुकको तीन ओटै निर्वाचन सकिएकोले अब देशले आर्थिक रुपमा कोल्टे फेर्ने विस्वास उनले व्यक्त गरे । कार्यक्रममा विशेष अतिथी अर्थ राज्यमन्त्री उदय शमशेर राणाले आफुहरु अबको केहि दिनमै पुर्व मन्त्री हुने भएपनि व्यवसायी र देशको अर्थतन्त्रको हितमा निरन्तर लागी परिहने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रत्येक नेपालीले देशमै उद्यम गर्न सक्नु पर्नेमा जोड दिए । कार्यक्रमका अन्य वक्ताहरुले रावस्वको काम कारबाही अत्यन्तै ढिलो र झन्झटिलो प्रक्रिया भएको बताए । व्यवसायीहरुले आयत गरेको वस्तुहरुमा २४ पटकसम्म चेकजाँच हुँदा हैरानी खेप्नु परेको बताए । भन्सार विभागले वर्षभरी उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत समेत गरेको थियो ।

यो समाचार  विकासन्युज डट काम बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links