प्रदेश ५ मा पाँच प्रतिशत मनोरञ्जन कर

१० असार, बुटवल । प्रदेश ५ सरकारले मनोरञ्जनमा पाँच प्रतिशत कर लगाउने भएको छ । प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७६।७७ बाट यो कर कार्यान्वयनमा ल्याउने भएको हो ।

अब चलचित्र, नाटक घर, थियटर, टिकट काटेर देखाइने खेल, सर्कस, मेला, जादु र विभिन्न मेला प्रदर्शनीको टिकट मुल्यमा पाँच प्रतिशत कर लाग्ने छ ।
 

यो व्यवस्था चालु आर्थिक वर्ष २०७५/०७६ को वजेटमै व्यवस्था भए पनि कार्यान्वयन भएको थिएन । टिकटको व्यवस्था नभएका मेला प्रदर्शनीमा दिनको हिसाब र जिल्लाको वर्गिकरणको हिसाबले एकमुष्ट दुई हजार पाँच सयदेखि एक लाख पचास हजार रुपयाँसम्म शुल्क तिर्नुपर्ने छ ।

जसअनुसार सर्कस एक दिनका लागि ‘क’ वर्गको जिल्लामा १० हजार, ‘ख’ वर्गको जिल्लामा ५ हजार र ‘ग’ बर्गको जिल्लामा २ हजार ५ सय रुपयाँ तिर्नु पर्ने छ ।

सात दिन सम्म लाग्ने मेला/प्रदर्शनीका लागि ‘क’ वर्गको जिल्लामा ५० हजार, ‘ख’ बर्गको जिल्लामा २५ हजार र ‘ग’ वर्गको जिल्लामा १२ हजार रुपयाँ शुल्क लाग्ने छ ।

आठ दिनदेखि १५ दिनसम्म लाग्ने मेला/प्रदर्शनीका लागि ‘क’ वर्गको जिल्लामा १ लाख, ‘ख’ वर्गको जिल्लामा ५० हजार र ‘ग’ वर्गको जिल्लामा २५ हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने छ ।

त्यसैगरी १६ दिन देखि १ महिनासम्म सञ्चालन हुने प्रदर्शनीका लागि ‘क’ वर्गको जिल्लामा १ लाख ५० हजार, ‘ख’ बर्गको जिल्लामा ७५ हजार र ‘ग’ बर्गका लागि ३७ हजार रुपयाँ शुल्क लाग्ने छ ।

प्रदेशका १२ जिल्लामध्ये रुपन्देही,नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), कपिलबस्तु, दाङ, बाँके र बर्दीया लाई ‘क’ बर्गमा वर्गिकरण गरिएको छ भने पाल्पा, गुल्मी, अर्घाखाँची र प्यूठानलाई ‘ख’ बर्गमा बर्गीकरण गरिएको छ । रोल्पा र रुकुम पूर्वलाई ‘ग’ वर्गमा राखिएको छ ।

प्रदेश सरकारले टिभी. केवल नेटवर्क र डिस होम टिभीको रिचार्ज रकममा पनि कर लगाउने भएको छ । टिभी केवल नेटवर्कको हकमा १ प्रतिशत र डिसहोम टिभीको हकमा रिचार्ज रकमको २ प्रतिशत कर लगाउने प्रस्ताव गरिएको छ ।

प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६ मा सो व्यवस्था गरिएको हो । सो विधेयक सोमबार बसेको प्रदेशसभाको बैठकले बहुमतले पारित गरेको छ ।

यो समाचार  अनलाइन खबर डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links