४१ अर्बको कर बक्यौक्ता, असुलीमा तिव्रता दिँदै सरकार

काठमाडौं । सरकारकले करिब ४१ अर्ब रुपैयाँ कर बक्यौक्ता उठाउन बाँकी रहेको छ । चालु आर्थिक वर्षको मंसिर १८ गतेसम्म राजस्वका विभिन्न शीर्षकमा उद्यमी व्यवसायीले सरकारलाई तिर्नुपर्ने सो कर नतिरेका हुन् । सरकारलाई तिर्न बाँकी रहेको करमा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) रहेको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ ।

विभागले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको यो अवधिसम्म करिब २० अर्ब रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्न बाँकी रहेको विभागका सूचना अधिकारी अर्जुन दाहालले बताए । गत आवको अन्त्यसम्म यो करको बक्यौक्ता १९ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । अहिले र बक्यौक्ता

त्यस्तै चालु आवको यो अवधिसम्म १८ अर्ब ८५ करोड रुपैयाँ आयकरको बक्यौक्ता रहेको छ । गत आवको अन्त्यसम्म २२ अर्ब ७० करोड आयकरको बक्यौक्ता रहेको थियो । यो अवधिमा अन्तःशुल्क भने ७३ करोड ४८ लाख रुपैयाँमात्र रहेको छ । 

खर्चका स्रोत बढको र भने जति राजस्व नउठेपछि सरकारले राजस्व बक्यौक्ता बाँकी रहेको कर असुल उपर गर्न कानुनी आधार खोजिरहेको छ र सो कानुनी व्यवस्था अनुसार बक्यौक्ता कर असुल्ने तयारी गरिरहेको छ । सरकारले चाहेमा करदाताको सम्पत्ति लिलामीबाट पनि कर असुलउपर गर्न सक्ने कानुनी आधार छ ।  

राजस्वका मुख्य शीर्षक मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, भन्सार महशुल अन्तःशुल्कलगायका सबै शीर्षकको राजस्व असुली लक्ष्य अनुरुप हुन सकेको छैन छैन । सरकारले यस वर्ष पनि राजस्वको लक्ष्य पूरा गर्न बक्यौत्ता रहेका राजस्व उठाउन कानुनी साहरा लिन लागेको हो । लक्षित राजस्व नउठेपछि सरकारले वर्षौदेखि बक्यौक्ता रहेको राजस्व असुलीका लागि कानुनी कारवाही समेत हुने सक्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

बक्यौक्ता असुलीका विभिन्न चरणहरू हुन्छन् । कर तिन करदातालाई पत्राचार गर्ने, फिल्ड भिजिट गरेर जानकारी गराउने, सार्वजनिक सूचना गरेर कर तिर्न आव्हान गर्ने तथा अनुरोध गर्नेलगायतका प्रक्रिया गर्ने अभ्यास छ । त्यसपछि पनि कर नतिरे उसको सम्पत्ति कारोबारदेखि बैंक खाता रोक्का गर्नेलगायतका कानुनी उपचारबाट बक्यौक्ता असुल गर्ने कानुनी प्रावधान छ । 

आयकर ऐन २०५८ ले कर कार्यालयमा दर्ता भएका सबै करदातालाई आफै कर निर्धारणको सुविधा दिएको छ । यसरी निर्धारण गरिएको करमा शंका लागेमात्र सरकारले कर निर्धारण गर्दै आएको छ । यसरी निर्धारण गरिएको करमा करदाताले चित्त नबुझाएमा पुनरावलोक गर्न सकिने व्यवस्था समेत रहेको छ । 

सरकारले लिएको यिनै नीति अनुरुप पछिल्लो समय कर बक्यौक्ता पनि घट्दै गएको छ । दुई वर्षअघिसम्म करिब दुई खर्बको हाराहारीमा कर बक्यौक्ता रहेको थियो  । पछिल्लो समय कर बक्यौक्ता घट्दै गएको विभागका सूचना अधिकारी ढकालले बताए ।

(यो समाचार  आर्थिकन्यूज २१ मंसिर२०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links