जडिबुटीहरूको संकलनवापत ९ महिनामा ३२ लाख राजस्व संकलन


हिमाली जिल्ला मुगुमा पाइने विभिन्न जडिबुटीहरूको संकलनवापत डिभिनज वन कार्यालय मुगुले ९ महिनामा ३२ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।
मुगु जिल्लामा पाइने नेपाल सरकारबाट मान्यता प्राप्त खरीद बिक्री हुने विभिन्न प्रजातिका जडिबुटी र वन पैदावार संकलन वा प्रयोग गरेवापत आर्थिक वर्ष २०७७÷०७८ साउन महिनादेखि चैत्र महिनासम्म मुगु जिल्लाका चार स्थानीय तहका विभिन्न भागमा पाइने जडिबुटी संकलन गरेवापत १६ प्रजातिका जडिबुटी, काठ, अन्य बोलपत्रबाट गरी जम्मा ३२ लाख ६२ हजार ४ सय रुपैयाँ राजस्व संक्लन भएको हो ।
जसमध्ये सबै भन्दा बढी राजस्व मुगु जिल्लाबाट अन्य जिल्लामा लैजाने कुट्की नामक जडिबुटीबाट मात्र १३ लाख १७ हजार रूपैयाँ राजस्व उठेको जिल्ला डिभिजन वन कार्यालय मुगुका कार्यालय प्रमुख भरत बुडथापाले जानकारी दिए ।
कार्यालय प्रमुख बुढथापाका अनुसार गर्त वर्ष १२ महिनामा ३० लाख ८० हजार १ सय रूपैयाँ जिल्ला डिभिजन वन कार्यालय मुगुले राजस्व उठाएको थियो । यो वर्ष गत वर्षके तुलनामा अझ बढी राजस्व संकलन हुने वन कार्यालयको अनुमान छ । मुगु जिल्लाको कुल क्षेत्रफलको ९४हजार ६ सय ४१.५० अथात ३०.५ प्रतिशत हेक्टर क्षेत्रफल वन क्षेत्रले ओगटेको छ ।
मुगुमा पाइने यार्सागुम्बा, चिराइतो, विषजरा, सुगन्धवाल, अतिस, कुट्की, पदमचाल, सतुवा, गुच्चीच्याउ, सेतकचिनी, धुपीलगायत दर्जनै जडिबुटी पाइन्छ । गत वर्ष कोरोना महामारीका कारण जडिबुटी संकलनमा कमी आएको थियो । तर यस वर्ष भने स्थानीय प्रशासनले स्वास्थ्य मापदण्ड अपनाएर जडिबुटी संकलन गर्न दिने बताएका छन् । मुगुका स्थानीयको मुख्य आम्दानीको स्रोत जडिबुटी र कृषि पेशा नै हो ।

(यो समाचार कारोबार २० बैशाख २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links