कति सम्मको प्यान विल काट्ने सहित करका तीन प्रश्न- माघ २६, २०७४

फेसबुकको Nepal Tax नेपाली करग्रुपमा उठेका प्रश्नहरु मध्ये तीन प्रश्नको जवाफ नियमित रुपमा हामी यहाँ दिने छौ ।

कति सम्मको प्यान विल काट्न पाईन्छ?

प्यानमा दर्ता भएको संस्थाले यतिसम्मको मात्र प्यान विल काट्न पाईन्छ भनेर कुनै पनि कानूनमा लेखिएको छैन । त्यसकारण जति सम्मको पनि प्यान विल काट्न पाईन्छ । तर तपाईले के विचार गर्न जरुरी छ भने,तपाई प्यानमा दर्ता भएर भ्याटलाग्ने बस्तुको कारोबार गरीरहनुभएको छ भने बार्षिक विक्रि पचास लाख नाघ्नु हुदैन,अन्यथा तपाईमाथी कर कार्यालयले जरीवाना गर्न सक्दछ ।

तपाई भ्याट नलाग्ने बस्तु (जस्तै,धान गहुँ लगायतका बस्तु) को कारोबार गरीरहनुभएको छ भने,तपाईले जति रकमको पनि विल काट्न पाँउनुहुन्छ र कुल विक्रि बर्षभरीको जति पनि हुन सक्दछ ।

तर,सरकारी निकायले खरिद गर्दा,सार्वजनिक खरिद ऐन अनुसार बीसहजार सम्मको प्यान विलबाट खरिद गर्न पाउने व्यबस्था छ । केहि समय अघिसम्म यो रकम पाँच हजार मात्र थियो,त्यसैले सरकारी निकायले खरिद गर्दा ठुलो रकमको खरिदमा प्रत्येक विललाई विस हजार भन्दा कमको बनाएर ल्याउनु भनेका हुनसक्छ । त्यो मुल्य अभिवृद्धि कर ऐनको व्यबस्था अन्तर्गत रहेर भनिएको कुरा होईन ।

उदाहरणको लागि,यदि विल काट्ने विस हजारको सिमा हो भने,दुई तोला सुन (सुनमा भ्याट लाग्दैन) किन्दा पाँचवटा भन्दा बढि विल काट्नु पर्यो हैन? त्यस्तो कतै देख्नु भएको छ र? पक्कै छैन । त्यस्तो प्यान विलको सिमा तोकिएको व्यबस्था करमा कहि नभएकाले,तपाईले प्यान विल काट्नलाई सिमाको कुनै रोकटोक छैन ।

 

मैले कम्प्युटरबाट विलिङ गर्न के गर्नुपर्छ?

 

कारोबारको सिलसिलामा विद्युतिय माध्यमबाट विजक जारी गर्न चाहने व्यक्तिले सो माध्यबाट विजक जारी गर्नुपुर्व सम्बन्धित कर कार्यालयबाट अनिबार्य अनुमति लिनुपर्नेछ । कसैले अनुमति नलिई विद्युतिय माध्यमबाट विजक जारी गरेको पाईएमा प्रचलित कानून अनुसार कारबाहि हुन्छ ।

त्यसरी विजक जारी गर्ने स्विकृति लिनलाई तपाईको सफ्टवेयरले विभागले तोकेका मापदण्डहरु पुरा गर्नुपर्दछ । कम्प्युटरबाट जारी गर्ने विजकको नियमन तथा नियन्त्रण गर्ने उद्देश्यले विभागले “विद्युतिय विजक सम्बन्धि कार्यविधी,२०७४” जारी गरेको छ । सो कार्यविधि नेपाल ट्याक्स अलाईनमा पाउन सक्नुहुन्छ ।

एक पटक कम्प्युटरबाट विजक जारी गर्न स्विकृति लिईसकेपछि,विद्युतिय विजक जारी गर्न नसकेको अवस्थामा निज करदाताले कर कार्यालयको अग्रिम स्विकृति लिएर मात्र अन्य माध्यमबाट विजक जारी गर्न सक्नुहुन्छ ।

 

छुट रकम भ्याट अघि कि भ्याट पछि?

करदाताले तोकेको मुल्यमा क्रेतालाई केहि रकम छुट दिन सक्दछ । वस्तु वा सेवा आपूर्ति गर्दा मूल्यमा दिईएको डिस्काउण्ट,कमिशन वा यस्तै अन्य व्यापारिक छुटको रकमलाई कर लाग्ने मूल्यमा समावेश गरिदैन । सामान्यतयाः छुट दिई बचेको रकममा भ्याट लगाईन्छ । तर विभागले खुद्रा मुल्य सार्वजनिक गर्ने गरी तोकेको सामानको हकमा भने सार्वजनिक भएको मुल्यभन्दा कममा विक्रि गर्दा भने सार्वजनिक भएकै मुल्यमा भ्याट उठाउनु पर्दछ । यस्तो अवस्थामा भ्याट पछिको मुल्यमा छुट दिनु पर्दछ ।

Social Links