नदीजन्य पदार्थबाट २३ करोड राजस्व संकलन गर्ने लक्ष्य

नवलपरासी पूर्वका चार स्थानीय तहले नदीजन्य पदार्थको उत्खननबाट चालू आर्थिक वर्षमा २३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएका छन् । उत्तर–दक्षिण भएर बग्ने विभिन्न खोला तथा खहरेको बालुवा, गिट्टी, ढुंगा उत्खननबाट चार स्थानीय तहले २३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेका हुन् । 

कावासोती र मध्यबिन्दु नगरपालिका तथा हुप्सेकोट र विनयी त्रिवेणी गाउ“पालिकाले चालू आर्थिक वर्षमा २३ करोड ५१ लाख ४१ हजार ८० रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएका छन् । स्थानीय तहले आफ्नो क्षेत्रमा पर्ने नदी उत्खननका लागि ठेक्का समेत लगाइसकेका छन् । 

लक्ष्यभन्दा धेरै राजस्व
ठेक्का लागेका केही खोलाबाट स्थानीय तहले लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेका छन् । केहीले ५० प्रतिशतभन्दा बढी राजस्व संकलन गरेका छन् । चालू आर्थिक वर्षमा विनयी त्रिवेणी गाउ“पालिकाले १० करोड १४ लाख ११ हजार ८० रुपैयाँमा स्थानीय खोला ठेक्का लगाएको छ । गाउँपालिका क्षेत्रमा पर्ने केही खोला भने अझै ठेक्का लाग्न बा“की छ । 
कावासोती नगरपालिकाले स्थानीय केरुंगे खोला ६ करोड रुपैयाँमा ठेक्का लगाएको छ । मध्यबिन्दु नगरपालिकाले गिरुबारी खोलाबाट ३ करोड ९ लाख ३० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । त्यस्तै, हुप्सेकोट गाउ“पालिकाले स्थानीय गिरुबारी खोला ३ करोड ८७ लाखमा ठेक्का लगाएको छ । 

४० प्रतिशत रकम प्रदेशलाई
नदीजन्य सामग्री उत्खननबाट प्राप्त रकममध्ये ४० प्रतिशत रकम प्रदेश सरकारमा जानेछ । ६० प्रतिशत रकम भने सम्बन्धित स्थानीय तहले आफूअनकूल विकास निर्माणका कार्यमा खर्च गर्ने कावासोती नगरपालिकाका योजना अधिकृत होमनाथ काफ्लेले जानकारी दिए । नदीजन्य पदार्थको उत्खननबाट स्थानीय तहले करोडौँ रुपैयाँ राजस्व संकलन गर्दै आएका भए पनि यसको समुचित उपयोग हुन नसकेको गुनासो स्थानीयवासीको छ । नदीजन्य पदार्थको उत्खननबाट खेतीयोग्य जमिन कटान हुनेक्रम बढेको गुनासोसमेत स्थानीले गरेका छन् । 

नदी नियन्त्रण गर्न बजेट
कावासोती नगरपालिकाका योजना अधिकृत काफ्लेले नदी कटान नियन्त्रणका लागि योजनाबद्ध रूपमा काम भइरहेको दाबी गरे । चालू आर्थिक वर्षमा कावासोती नगरपालिकाले केरुंगे खोला तटबन्धनका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । 

नदीजन्य पदार्थबाट सबैभन्दा धेरै राजस्व संकलन गरेको विनयी त्रिवेणी गाउ“पालिकाले विनयी खोला तटबन्धनका लागि एक करोड रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बस्यालले जानकारी दिए । 

यो समाचार  नया पत्रिका दैनिक  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links