कैलाली भन्सार कार्यालयबाट दुई अर्ब बढी राजस्व संकलन

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट छ महीनामा रु नौ अर्ब ९९ करोड ६७ लाख बराबरको विभिन्न मालसामान आयात भएको छ । सो आयातबाट करीब दुई अर्ब ४१ करोड ४० लाख बराबरको राजस्व संकलन भएको भन्सार कार्यलयले जनाएको छ ।

पछिल्लो छ महिनामध्ये सबैभन्दा बढी राजस्वमा असोज महीनामा रु ५७ करोड दुई लाख २७ हजार राजश्व सङ्कलन भएको कार्यलयको भनाई छ । त्यस्तै भदौमा रु ३८ करोड १५ लाख ५२ हजार राजश्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतिले बताएका छन् ।

आयातित समानमध्ये सबैभन्दा बढी पेट्रोल र डिजेल रहेको र यो अवधिमा रु दुई अर्ब ५० करोडको डिजेल र रु ६४ करोड ७९ लाखको पेट्रोल आयात भएको छ । त्यस्तै खाद्य सामग्रीमध्ये सबैभन्दा बढी बिस्कुट मात्रै रु ३३ करोड ४८ लाख ६७ हजार मूल्यको आयात भएको छ । भन्सारमार्फत आयात हुने अन्य मुख्य १० वस्तुमा चामल, पापड, सुर्तीजन्य पदार्थ लगायतका छन् ।


यो समाचार  news24nepal.tv  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links