१६ लाख राजश्व संकलन

खलंगा- जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा १६ लाख ६१ हजार ५७१ रुपैयाँ राजश्व संकलन गरेको छ ।
नगरपालिकाले साउनदेखि कात्तिकको अन्तिमसम्म विभिन्न शीर्षकमा राजश्व उठाएको राजश्व फाँटका प्रमुख कमल भण्डारीले बताए । कृषि समूह नवीकरणबाट दुई हजार ५००, फ्रेस हाउस नवीकरणबाट ५००, अन्य दस्तुरमा सात लाख ५९ हजार २००, पार्किङ महसुलतर्फ १७ हजार २५०, मूल्यांकन दस्तुरमा ३७०, सिफारिस दस्तुर तीन हजार ८००, (घ) वर्ग इजाजतपत्र नवीकरणतर्फ एक लाख ७६ हजार, घर करमा दुई लाख ७३ हजार ५०० राजश्व संकलन भएको छ ।
घर बहाल कर ८३ हजार ४०३, संस्था नवीकरण ३७ हजार ५००, टहरा भाडा ११ हजार ६२४, डोजरबाट ५६ हजार ४४९, जग्गाको मालपोत एक लाख ४० हजार ४९९, बिक्री कर चार हजार ३००, इजाजतपत्र दर्ता छ हजार, संस्था दर्तातर्फ १० हजार, चार किल्ला सिफारिस प्रमाणितमा एक हजार र स्याउ ढुवानी सिफारिसबाट ९७ हजार ६७५ राजश्व उठेको छ । आर्थिक वर्ष २०७५-२०७६ मा ५४ लाख ९७ हजार राजश्व संकलन भएको भण्डारीले बताए ।

कारोबार संवाददाता

(मिति  शुक्रवार, कार्तिक २९, २०७६ कारोबारमा  प्रकाशित  यो समाचार  साभार गरिएको हो  एवं  कारोबार को यो  लिंकमा गई पढ्न सकिनेछ । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ।  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links