सवारी साधन र ढुवानी साधनको भाडामा अग्रिम कर कट्टीको व्यवस्था

आयकर ऐन २०५८ को दफा ८८ को उपदफा (५) ले कुनै वासिन्दा ब्यक्तिले नेपालमा स्रोत भएको भाडा भुक्तानी गरेकोमा दश प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नु पर्ने  तर  मूल्य अभिबृद्धि करमा दर्ता भई सवारी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई त्यस्तो सवारी साधनको भाडा बापत भुक्तानी गर्ने रकममा एक दशमलब पाँच प्रतिशतले कर कट्टी गर्नु पर्ने व्यवस्था गरेको छ  त्यसैगरी,सोही दफाको उपदफा ( ८) ढुवानी सेवा वापतको तथा ढुवानी साधन भाडामा दिए वापतको भुक्तानी रकममा दुई दशमलव पाँच प्रतिशतका दरले तर मूल्य अभिवृद्धि करमा दर्ता भई ढुवानी सेवा प्रदान गर्ने वा ढुवानी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई भुक्तानी गर्ने रकममा एक दशमलव पाँच प्रतिशतका दरले कर कट्टी गर्नु पर्ने  व्यवस्था गरेको छ
सवारी साधन र ढुवानी साधनको भाडामा अग्रिम कर कट्टीको सम्बन्धमा हामीले प्राप्त गरेका प्रश्नहरुलाई समेटेर आयकर ऐनको व्यवस्था अनुसार उत्तर दिने प्रयत्न गरेका छौ । 
प्रश्न न. १. भ्याटमा दर्ता भएको व्यक्तिबाट सवारी साधन भाडामा लिँदा कति कर कट्टी गर्नु पर्छ?
१.५ प्रतिशत ।
प्रश्न न २. भ्याटमा दर्ता भएको व्यक्तिबाट सवारी साधन भाडामा लिँदा सवारी साधनको भाडाको अलावा ड्राइभर र अन्य सेवा बापत थप शुल्क पनि लिएको रहेछ भने कति कर कट्टी गर्नु पर्छ?
पुरै रकममा १.५ प्रतिशत ।
प्रश्न न.३. भ्याटमा दर्ता नभएको व्यक्ति ( जस्तै : कुनै कम्पनी ) बाट सवारी साधन भाडामा लिँदा कति कर कट्टी गर्नु पर्छ?
१० प्रतिशत ।
प्रश्न न. ४  भ्याटमा दर्ता नभएको प्राकृतिक व्यक्ति ( जस्तै : रामरमण) बाट सवारी साधन भाडामा लिँदा कति कर कट्टी गर्नु पर्छ?
१० प्रतिशत ।
प्रश्न न. ५  घोडा खच्चड आदि बाट समान ओसार पसार गर्दा पनि कर कट्टी गरि रकम भुक्तानी गर्नु पर्छ?पर्छ भने कति कट्टी गर्नु पर्छ?
पर्छ ।  ढुवानी सेवा बापतको भुक्तानी रकममा २.५ प्रतिशतको दरले
प्रश्न न. ६  कुनै सामान कार्गो गर्दा वा कागजात पारसल अग्रिम कर कट्टी गर्नु पर्छ?पर्छ भने कति कट्टी गर्नु पर्छ?
२.५ प्रतिशत तर सेवा प्रदायक भ्याटमा दर्ता भए १.५ प्रतिशत ।
प्रश्न न. ७  सार्वजनिक सवारी साधन भाडामा लिदाँ पनि अग्रिम कर कट्टी गर्नु पर्छ?पर्छ भने कति कट्टी गर्नु पर्छ?
पर्छ । १० प्रतिशत कट्टी गर्नु पर्छ । 
प्रश्न न. ८ यात्रु बाहक सार्वजनिक सवारी साधन ढुवानी प्रयोजनको लागि भाडामा लिदाँ कति अग्रिम कर कट्टी गर्नु पर्छ?
२.५ प्रतिशत । 

Social Links