कर उठाउनको लागि लकडाउन हटाइयो : नेता गिरी

तुलसीपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरीले कर असुल गर्नलाई लकडाउन हटाइएकोे आरोप लगाएका छन् । मुलुक कोरोना भाइरसको महामारीले आक्रान्त बनेको समयमा सरकारले कर उठाउने योजनामा लकडाउनलाई खुल्ला गरेको गिरीको भनाई छ ।
बुधवार तुलसीपुरमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री गिरीले मुलुकमा अहिले कोरोना महामारीलाई नियन्त्रण गर्नुपर्ने अवस्थामा सरकार चुकेको बताए । कोरोना माहामारीका कारण जर्जर भएको अवस्थामा साना व्यापारीदेखि उद्योगपतिबाट कर असुल्नका लागि सरकारले लकडाउन खुलाएको बताए ।

जसले गर्दा अहिलेको सरकार कोरोना महामारी र भ्रष्टाचार नियन्त्रणमा असफल भएको नेता गिरीको दावी छ । फरक सिद्धान्तबाट आएका पार्टीले देश लुट्नका लागि मात्र पार्टी एकता गरेको समेत आरोप लगाए । 

देशमा समृद्धि र विकासका काम नगरेर विभिन्न वहानामा देश लुट्ने मात्र खेल खेलेको नेता गिरीको आरोप छ ।

(यो समाचार रातोपाटी  १४ श्रावण २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links