बैंक किस्ता र कर तिर्न ताकेता गरेको विरोधमा सुर्खेतका व्यवसायी आन्दोलित

२८ असार, सुर्खेत । सरकारले कर तिर्न र बैंकहरुले ऋणको किस्ता तिर्न ताकेता गरेको विरोधमा सुर्खेतका उद्योगी व्यवसायीहरुले चरणबद्धरुपमा आन्दोलन घोषणा गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले अगुवाइमा व्यवसायीहरुले आन्दोलन घोषणा गरेका हुन् ।

संघले उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा संयुक्त संघर्ष समिति नै गठन गरेको छ ।
संघर्ष समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर आइतबार दिउँसो विरोध ¥यालीसहित राष्ट्र बैंकको कार्यालयमा पुगेर मागपत्र बुझाइ एक घन्टा धर्ना दिने कार्यक्रम तय गरेको छ । त्यसपछि अर्को चरणको आन्दोलन घोषणा गरिने संयोजक बस्नेतले बताए ।

संघका महासचिव लक्ष्मण कँडेलले सरकारले लकडाउन केही खुल्ला बनाएदेखि बैंकका कर्मचारीहरुले ऋणको किस्ता तिर्न निरन्तर फोन गरिरहेको बताए ।

संघका कोषध्यक्ष भद्र भण्डारीले अरु बेला बैंकलाई समयमा किस्ता तिरिरहे पनि लकडाउनमा व्यापार व्यवसाय ठप्प हुँदा कसरी तिर्ने भन्ने चिन्ता लागेको बताए । उनले व्यवसायीहरुलाई किस्ता तिर्ने कम्तीमा ५÷६ महिनाको समय दिनुपर्ने माग गरे ।

कोरोना महामारीबाट आक्रान्त भएर व्यापार व्यवसाय ठप्प भएको बेला न्यूनतम मानवीय संवेदनाको समेत ख्याल नगरी व्याज, किस्ता र कर तिर्न दबाव दिएको भन्दै व्यवसायीहरु असन्तुष्ट छन् । लामो लकडाउबाट प्रभावित निजी क्षेत्रलाई सरकारले राहतको प्याकेज दिनुपर्ने व्यवसायीहरुको माग छ ।

(यो समाचार  अनलाइन खबर असार २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links