अन्तःशुल्क बुझाउनुअघि ब्रान्ड दर्ता अनिवार्य


काठमाडौं । आन्तरिक राजस्व विभागले अन्तःशुल्क करदाताले कर बुझाउनुअघि आफ्नो ब्रान्ड दर्ता गराउनुपर्ने व्यवस्था गरेको छ । विभागले कर कार्यालयमा मासिक विवरण बुझाउनुअघि नै अनिवार्य रूपमा आफ्नो उत्पादनको ब्रान्ड दर्ता गर्नुपर्ने व्यवस्था गरेको हो ।

विभागका अनुसार सुर्तीजन्य र मदिराजन्य वस्तुका उत्पादकले आन्तरिक राजस्व विभागको वेबसाटमार्फत ब्रान्ड अपलोड गरी आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गइ भेरिफाइ गराउनुपर्नेछ । 
सुर्तीजन्य र मदिराजन्यबाहेक अन्य वस्तुका उत्पादकले अन्तःशुल्क विवरण भर्दाकै अवस्थामा तयारी वस्तुको विवरणसँगै एकपटकका लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट ब्रान्डसमेत भेरिफाइ गराउनुपर्ने विभागले सूचनामा उल्लेख गरेको छ ।

(यो समाचार  बाह्रखरी १६ भाद्र २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links